रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ -९ नजिक रहेको भारतको सिमावर्तित गाउ पिठवा नो मेन्स लैड नजिक नेपालबाट बगी आयेका अरुवा नदीमा माछा मार्न गयेका युवकहरुले दुर्लभ एव बिचित्र किसिमका माचा फेला पारेका छन ।
नेपाल भारत सिमा र यश क्षेत्रमा यस्ता किसिमका माछा पहिलो चोटि पाईयेका हुन । यो माछा देख्न महिला पुरुषको भिड लागेका थिये
नदीको पानी सुके पछी स्थानिये पिठवा गाउका शिवपुजन कुशवाहा लगायेतका युवकहरुले माछा मार्न नदी गयेका थिये तथा माछा मर्ने क्रममा यस्ता किसिमका बिचित्र माछा पाउन साथ चकित भये र लगातार यस्तै चार वटा थप माछाहरु पाईयो । यो माछा पाउन साथ गाउमा हल्ला भयो र माछेहरुको ठूलो भिड भयो ।
यश सम्बन्धमा माछाको जानकार स्थानिये धर्मेन्द्र कुमार ले बताउनु भयो कि यो एउटा शिकारी माछा हो । जुन कि सकर माउथ नामले जानिन्छ र यो अमेरिकाको आमेजन नदीमा पाईने गर्छ यस्तो किसिमको सकर माउथ माछा नदीहरुकोलागि खतरा हो तथा यो मान्साहारी माछा हो । भारतिये नदीहरुमा यो माछा पाईदैन । यो माछा हाल जिवित राखियेको छ र यसका वजन २५० ग्राम रहेको जनाईयेको छ ।यो माछाको मुख तल तर्फ रहेको छ ।जसले आफू भन्दा साना माछाहरुलाई खाने गर्छन । यो माछाको माथी काशिदाकारी चिन्ह र काटेदार कवच रहेको छ । यो माछा पाईदा शुभ संकेत न रहेको स्थानियेहरु बताउन्छ । हाल यो माछा गाउँ मै राखियेको छ ।

