रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढमा आयोजित ईतिहास समारोलाई सम्बोधन गर्दै प्रमुख अतिथी मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिहले बताउनु भयो कि यहा आयोजित तीन दिने ईतिहास समारोह फैसटीभल बाट समुन्द्र मन्थन झै ईतिहास मन्थनबाट निशकने अमृत रुपी सन्देशले पुरै नेपाल र बिदेश सम्म यश ठाउको पहिचान दिलाउन्छ मलाई लागेको छ ।वाहाले अगाडि बताउनु भयो कि हाल केही दिन पहिले भारत प्रयागमा लागेका कुम्भ मेलाबाट आर्जन गरेको करोडौ आमदनी जस्तै हाम्रा नेपालमा पनि अत्यधिक प्राकृती सौन्दर्य र धर्मिक , ईतिहासिक , पुरातात्विक तथा पर्यटकिये सम्भावना प्रचुर मात्रामा रहे तापानी यसको उपयोग गर्न सकिरहेका छैनौ । यसका लागि के गर्नु पर्छ हामी त्यस तर्फ लाग्न जरुरी रहेको छ ।
वीणा फाउन्डेसनको आयोजनामा भएको यश कार्यक्रममा निम्न वाक्ताहरुले आफ्नो बिचार राखेका थिये वाक्ताको क्रममा सिम्रौनगढ नगरपालिका को नगर प्रमुख किशोरी प्रसाद साह , दिलभूषण पाठक, शिवनाथ पटेल ,प्रभुनाथ पटेल , रामबाबु कुशवाहा लगायेतका रहेका छन ।
बीणा फाउन्डेसनको अध्यक्ष ममता शर्मा को अध्यक्षता भएको यश कार्यक्रमको सन्चालन स्थानिये समाजसेवी बुद्धराम मुखिया ले गर्नु भएको थियो । यो कार्यक्रम तीन दिन सम्म चल्ने छ ।

