रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको मटिर्वा नजिक सिमावर्तित भारतको आदापुर नजिक हरपुर थाना क्षेत्रको घोडासहन नयकाटोलाको बिच सैनिक रोड बाट ४५ किलो गांजाको साथ एक जना नेपाली युवकलाई हरपुर थानाको प्रहरीले नियन्त्रणमा लियेको छ ।
नेपाल बाट फोर ह्विलर कारले भारत क्षेत्रमा प्रवेश गर्न लगतै हरपुर थानाका प्रहरीले ११ वटा पाकेट मा राखियेको ४५ किलो गाजा र एउटा कार सहित सो नेपाली युवकलाई पक्राउ गरेकाछन । पक्राउ पर्नेमा पर्सा जिल्ला निवासी बासुदेव ठाकुरको छोरा पन्नालाल ठाकुर रहेका छन । प्रहरी आवश्यक कर्वाहीको लागि आरोपी पन्नालाल ठाकुरलाई जेल पठाईयेको हरपुर थानाको प्रभारी निसान पासवनले जानकारी गराउनु भयो ।
