सनातन धर्म रक्षा मंच सिम्रौनगढ ७२ औ सत्संग गोष्ठी बाराको भटिनियामा सम्पन्न ।

रामेश्वर मेहता / तिरहुत साप्ताहिक 

 सनातन धर्म रक्षा मंच सिम्रौनगढ को ७२  औ सत्संग गोष्टि हिजो बिहीवार बाराको आदर्श कोतवाल गाउँपालिका टोल भटिनियामा सम्पन्न भएको छ ।

मन्च को अध्यक्ष  ओमप्रकाश ठाकुरको अध्यक्षतामा भएको  यश गोष्टिमा आत्म बोध समाज निर्माण, हत्या हिंन्सा रहित समाज निर्माण , नशा मुक्त समाज निर्माण , भेदभाव रहित समाज निर्माण , सत्संग प्रेरित समाज निर्माण ,स्वच्छ चरित्रवान र नैतिकवान समाज निर्माण उद्धेश्य रहेको यो मन्चमा सनातन धर्म संग सम्बन्ध  जय श्री राम, राधे राधे , ओम नमो नरायण , जय गुरु देव , साहेब बनगी ( कबिर) , सचितानन्द , ओम शान्ती लगायेत १२ वटा पन्थका अनुआईहरुको सहभागिता रहेको छ  ।

मन्चको सचिव बैकुन्ठ प्रसादले सहजीकरण गर्नु भएको  यश सत्संग गोष्टिमा संजय शास्त्री प्रणामी , मेघनाथ बैरागी  ओम शान्ती कि निर्मला दिदी  र बकुन्ठ प्रसाद जयसवालले प्रवचन दिनु भएको  थियो । यो  सत्संग गोष्टि प्रत्येक महिनाको  अन्तिम बिहीबार  नया नया ठाउमा हुने गर्छन । 

 

Post a Comment

Previous Post Next Post