नेपाली जानताको संविधानत: आ आफ्नो धर्म सांस्कृती मान्ने अधिकार रोक्न न हुने/ पुर्ब मन्त्री रिजवान अन्सारी ।


 रामेश्वर मेहता/ तिरहुत साप्ताहिक 


 रौतहटको राजपुर नगरपालिका  स्थित मदर्सा महमुदियाको पाराङ्गणमा सनिवार देखि सुरु भएको मुसलिम्हरुमो धार्मिक कार्यक्रम  इज्तेमामा सोमवार सप्पन्न  भएको  छ ।

मुस्लिम समुदायका लागि इज्तेमामा धार्मिक प्रवचन तथा सामाजिक दृष्टिकोणबाट विशेष महत्व राख्दछ । यसले विभिन्न किसिमका  मुस्लिमका अन्तिम देवदुत, मोहम्मदको बारेमा कथा र हदिश अतर्रित बिख्यात गरी मुस्लिमहरुलाई तबलिगी जमातको उद्देश्य, आवश्यकता, महत्व र फाइदाहरुका बारेमा जानकारी गराउँदछ‌। इज्जतेमा कुरान रहिशबाट ब्याख्या गरी मुस्लिमहरुलाई सुझाव सन्देश दिइन्छ । पहिलो दिन माघ २६ गते शनिबारदेखि सुरु भएको कुरान प्रवचन तथा हिस नमाज पढ्नेबारे बुझाउँदै अन्तिम दिन सोमबार ११ बजे दुवासहित सम्पन्न भएको हो ।

इज्तेमामाको अन्तिम दिन सेमबार नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सहभागिता जनाउँदै स्थानीयहरुसँग भेटघाट, अनुगमन र निरीक्षण गरे । 

पूर्वराज्यमन्त्री अन्सारीले उपस्थित जनसमुदायसँग अन्तरक्रिया गर्दै कार्यक्रमको व्यवस्थापन र सञ्चालनको निरीक्षण गरेका थिए । यसअघि, इज्तेमामा लगाइएको बन्देज हटाउन माग गर्दै अन्सारीको नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो । 

उक्त अवसरमा बोल्दै अन्सारीले हजारौको उपस्थितिमा इज्तेमा शान्तिपूर्ण र मर्यादित तरिकाले सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै सरकारले शान्ति सुरक्षामा खलल पुग्छ भनेर लगाइएको प्रतिबन्ध निराधार प्रमाणित भएको बताए । उनले सरकारले मुस्लिम समुदायको भावनामा ठेस पुग्ने गरी गलत निर्णय नगर्न चेतावनी दिँदै नेपाली जनताको संविधानत: आ-आफनो धर्म संस्कृति मान्ने अधिकार रोक्न नहुने बताए ।


Post a Comment

Previous Post Next Post