रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ -९ नजिक भारतको झरोखर सिमामा रहेको एस एस बी ले नेपाल बाट गयिरहेको भारी मात्रामा गांजा साथ एक जना नेपालीलाई नियन्त्रणमा लियेको छ ।
भारतिये नम्बर प्लेट B R O 1 PBO 110 को टाटा सफारीले नेपालबाट भारत तर्फ गयिरहेको गाडीलाई झरोखर गाउँ नजिक एस एस बी ले चेक जाँच गर्दा प्लास्टिकमा बेरियेको 43 किलो गांजा साथ एक जना नेपालीलाई नियन्त्रणमा लियेको छ ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका टोल कचोर्वा निवासी लक्ष्मीनरायण साह रहेको छ ।
नियन्त्रणमा लिईयेको गांजा ,गाडी र ब्यक्ति सहित झरोखर थानालाई बुझाने प्रक्रिया जारी रहेको झरोखर एस एस बी ले बतायेका छन
