खजानीमा पन्चमुखेश्वर हनुमानको विशाल कलश यात्रा ।


रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

  बाराको सिम्रौनगढ -७ टोल खजानीमा स्थापना भएको पन्चमुखेश्वर हनुमान को प्रतिमाको प्राणप्रतिष्ठाको लागि आज भब्य कलश  यात्रा निकालियेको छ । 



खजानी प्रतिमा स्थलबाट निकालियेको सो कलश यात्रा जय श्री राम , जय हनुमानको जयकारा लगाउदै नैका टोला ,मौवाही झवानी कमलपुर हुँदै पुरै  सिमरौनगढ परिक्रमा गरि  कन्काली पोखरीमा बिधिवत जल बोझी गरि  प्रतिमा स्थमा लगियेको थियो ।

विभिन्न किसिमका  बाजा  गाजा ,हाथी घोडा को साथ निकालियेको सो कलश यात्रामा महिला पुरुष बाल बालिका सहित हजारौको सहभागिता रहेको थियो ।

सो अवसरमा सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरी प्रसाद कलवार ,   महागढीमाई नगरपालिका को नगर प्रमुख उपेन्द्र यादव  सिम्रौनगढ नगरपालिकाको उप मेयर नजमु शेहर , पुर्ब उप मेयर रिमा देबी कुशवाहा समाजसेवी चन्द्रशेखर कुमार  यादव , रामनरेश कान्त कुशवाहा ,जयन्त कुशवाहा  ,  संबंधित वार्ड का वार्ड अध्यक्ष  विवेक मेहता लगायेत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । १८ फिट को पन्चमुखेश्वर  हनुमान रहेको यो प्रतिमा  नेपाल कै  ठूलो प्रतिमा मध्ये एक हो ।

Post a Comment

Previous Post Next Post