रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
सधै मधेशी जनताको हक हित को लागि लडदै आई रहनु भएको सिम्रौनगढका चर्चित नेता समाजसेवि मोहन प्रसाद कुशवाहाको आज निधन भएको छ ।
बारा सिम्रौनगढ -७ टोल खजानी निवासी ८० वर्षिये कुशवाहा केही दिन देखि बिरामी थिये ।
वहाको दाह संस्कार आज चार बजे सप्पन्न भएको छ ।नेपाली काग्रेस का सकृये कार्याकर्ता रहनु भएका कुशवाहाको पार्थीव शरिरमा नेपाली काग्रेसका माहा समिती सदस्य राम नरेश कान्त कुशवाहाले नेपाली काग्रेसको झन्डा ओढाई सम्मान गरेका थिये । सो अवसरमा सिम्रौनगढ नगरपालिका को नगर प्रमुख किशोरी प्रसाद कलवार लगायेत जनप्रतिनिधि हरुको उपस्थिति रहेका थिये ।
