रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढमा आज महाशिवरात्रीको अवसरमा मेला लागेकोछ ।
आज बिहानै देखि सिम्रौनगढ -७ कन्काली मन्दिरको पाराङ्गणमा रहेको बाबा त्रीलोकी नाथ माहादेव को मन्दिरमा श्रधालु भक्तजनहरुले जला भिषेक गरेका छन । यश अवसरमा गाउँ गाउँ बाट आयेका ठूलो कावर का कवरिया बोलबम भक्तजनहरुले संगम , त्रीवेणी र बागमती नदीहरु बाट जल बोझी गरि यहा रहेका त्रीलोकीनाथ महादेव मन्दिरको शिवलिङ्गमा जलाभिषेक गरेका छ ।
बिगत ५० वर्ष देखि लागि रहेको मेला मा केही सहभागिता कम रहे पनी यता यता सिम्रौनगढ नगरपालिका वार्ड न. ६ को वार्ड अध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल को सक्रियता र सम्बन्धित वार्ड अध्यक्ष विवेक मेहताको सहयोगमा यो मेलामा सहभागिता बढी , ब्यवस्थित रुपले लागि रहेको छ । यश मेलामा स्थानीय गाउलेहरुको सहयोग गरेका थिये ।
यस्तै महाशिवरात्री कै अवसरमा सिम्रौनगढ नगरपालिका झवानी, खनानी , नैका टोला ,हरिहर पुर, देवापुर टेटा ,भगवानपुर कचोर्वा लगायेतका शिव मन्दिरहरुमा जलाभिषेक भएका छ ।
