रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ नजिक भारतको घोडासहन रेलवे स्टेसन नजिक रहेको तरकारी बजारमाआगो लगदा लाखौको तरकारी जलेर नष्ट भएको छ।
आज बिहान तीन बजे लागेको सो आगलगी बाट तिनवटा तरकारी पसल जलेर नष्ट भएको । स्थानिय रामा शंकर साह अनिल साह र राजकिशोर साहको तरकारी पसलमा लागेको आगोले पसल् भित्र रहेको तिनलाख बराबरको तरकारीहरु जलेर नष्ट भएको पिडितहरुले बतायेका छन ।
आगोलाई स्थानिय ले नियन्त्रणमा लिइयेको थियो । आगो कसरी लागेको अहिले सम्म थाह हुन सकेको छैन
