रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
हिजो ४३ किलो गांजा सहितसिमावर्तित भारतको झरोखर थानामा पक्राउ परेका नेपाली तस्कर आज बिहान झरोखर थानाको पुलिस र चौकीदार लाई झुक्याई फरार भएको छ ।
हिजो टाटा सफारी सहित सिमार्तित भारतको झरोखर गाउँ नजिक बाट नेपाली युवक लक्ष्मी नारायण साह लाई एस एस बी ले पक्राउ गरि झरोखर थानामा बुझायेका थिये । सो युवक लाई आज बिहान दिशा गराउन खुला चौरमा लगियेकोले मौका छोपी सो युवक फरार भएको जनाईयेको छ । साथै बिना हथकडी दिशा गरउन लगियेको ले डिउटी चार्जमा रहेका चौकीदार रामाउतारलाई निलम्बित गरियेको छ । साथै सो युवकलाई पक्राउ गर्न चारै तिर प्रहरी परिचालन गरियेको छ । तथा ठाउँ ठाउमा छापामारी पनि जारी रहेको भारतिये प्रहरीले जनायेका छन ।

