रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
नेपाल र भारतमा चोरी र तस्करीको अंजाम दिदै आयेका घोडासहनका कुख्यात सटर टोडवा गिरोहका सरगाना चेलवा बेलवालाई १४ वर्षको जेल सज्जा सुनाईयेको छ ।
बाराको सिम्रौनगढ नजिक सिमावर्तित भारतको घोडासहन पकही टोला निवासी कुख्यात सटर टोडवा गिरोहको सरगना समीर खान भन्ने चेलवा र सलमान खान भन्ने बेलवा रहेका छन ।
उनिहरुलाई चरस र नरकोटीस तस्करीमुदामा चौदह वर्ष र एक एक लाख जरिवाना तथा जरिवाना न दिये बापत ६ महिना अतिरिक्त जेल सज्जा सुनाईयेको छ ।उनिहरु माथी नेपाल र भारतको विभिन्न हिस्सामा चोरी र तस्करीको दुई दर्जन भन्दा बढी ममला दर्ज रहेको जनाईयेको छ ।
उक्त सज्जा मोतिहारी एन डी पी एस कोर्ट -2 को न्यायधिश सुजिकान्त तिवारीले सुनाउनु भएको छ ।
चेलवा बेलवा यी दुबै दाजु भाइ हुन ।जुन कि 18 सितम्बर 2021 कोअपाची बाईक बाट नेपालबाट भारत प्रवेश गरिरहेको बेला ११:३० बजे समान चेक जाँच को क्रममा ३ किलो ४०० ग्राम चरसको साथ घोडासहनको पुलिसले बलान चौक बाट पक्राउ गरेका थिये ।
