रामेश्वर मेहता / तिरहुत साप्ताहिक म
सिम्रौनगढ न भएको भय नेपाल नै रहने थियेन ।मधेश प्रदेशको पुर्ब प्रमुख रजेश अहिराजले समाजिक न्याय बिद्यार्थी निकेतन को तेश्रो सङ्गगोष्टी लाई प्रमुख अतिथिको आषण बाट यो कुरा बताउनु भएको छ ।
वाहाले यो कुरालाई प्रष्ट गर्दै अगाडी बताउनु भयो कि दिल्ली का बादशाह ग्याशुदिन तुगलकले सिम्रौनगढ माथी आक्रमण गर्दा यहाँ का सेनाहरुले आफू मरणोउप्रान्त सम्म लडेका थियो । यसरी सिम्रौनगढको आफ्नै ईतिहासिक ,पुरातात्त्विक ,र धार्मिक पहिचान छ ।जसले ईतिहास सम्झिदैन उसको भविष्य नै सम्झिन लायक हुदैन बताउनु भयो ।
सिम्रौनगढ स्थित ओम पार्टी पैलेस को सभाकक्षमा आयोजित यो सङ्गगोष्टीमा मधेश बिश्वबिद्धालय का उप कुलपती दिपक कुमार शाक्य ,पुर्ब न्यायधिस पाटन उचच अदालत का प्रेमराज कार्की , रौषण कुमार झा , निर्मला लामा ,युवराज सङ्ग्रौला लगायतले सिम्रौनगढको एतिहासिक , समाजिक , आर्थिक र पुरातात्त्विक पक्ष बारे बिचार राखेका थिये । तथा यश सम्बन्धि बृत चित्र पनि प्रसतुत गरियेका थिये ।
यो सङ्गगोष्टीमा काठमाडौ स्कुल अफ लौ ,बीरगन्ज स्कुल अफ ल ,हरी खेतान बिरगन्ज ,ममता बिधा मन्दिर का छात्र छात्राहरु लगायेत ८७ जनाको सहभागिता रहेका थिये ।
दीक्षा खडकाको अध्यक्षतामा भएको यश कार्यक्रम को सन्चालन कृतिका खडकाले गरेका थिये भन्ने स्वागत बीरेन्द्र प्रसाद यादवले गर्नु भएको थियो । यश अवसरमा सिम्रौम्रौनगढ नगरपालिका द्वारा मेयर किशोरी प्रसाद साह र प्रमुख प्रसाश्किये अधिकृत ले सिम्रौनगढको मायाको चिनो प्रमुख अतिथी मधेश प्रदेश का पुर्ब प्रमुख राजेश अहिराज लाई दिईयेको थियो ।

