सिम्रौनगढमा ईतिहास समारोह गरिने सम्बन्धमा अन्तरक्रिया र छलफल कार्यक्रम सप्पन्न ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

बाराको सिम्रौनगढ नगरपालिका -७ स्थित सिम्रौनगढ नगरपालिका को सभा कक्षमा  फागुन ९ ,१० ,११ गते बाराको प्रसिद्ध एतिहासिक ,पर्यटकिये ,पुरातात्त्विक र धार्मिक स्थल सिम्रौनगढमा हुन गयिरहेको ईतिहासिक समारोह को लागि प्रारम्भिक  छलफल एव अन्तर्कृया कार्यक्रम सम्पन्न  भएको  छ ।

विणा फाउन्डेसन को आयोजना र सिम्रौनगढ नगरपालिकाको सहयोगमा हुन गयिरहेको यश अन्तर्कृया र  छलफल कार्यक्रममा सिम्रौनगढको सास्कृती सम्पदाको संरक्षणमा र पुनर्जीवन , प्रर्यटन प्रवनद्धन गरि स्थानीय तथा राष्ट्रिय स्तरमा आर्थिक गतीबिधी बढाउने , राष्ट्रिय र अन्तर्राष्ट्रिय ईतिहासम्मा सिम्रौनगढको एतिहासिक महत्वलाई उजागर गर्ने त्यस्तै विभिन्न सास्कृती प्रदर्सनी, सेमिनार  पुरातात्विक भ्रमण ,स्थानिये कलाकृतिको प्रदर्शनी सास्कृती नृत्य तथा अन्य गतिविधी लगायेत  कार्यक्रमको ब्यवस्थापन पक्ष र प्रस्तुती पक्ष  सम्बन्धमा व्यापक छलफल भयो ।


सिम्रौनगढ नगरपालिकाको नगरप्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा भएको  यश कार्यक्रममा निजगढ नगरपालिका को नगर प्रमुख सुरत पुरी  , बारागढी गाउपालिका अध्यक्ष अशोक जयसवाल , परसौनी गाउपालिका अध्यक्ष  बिनोद जयसवाल ,कलेया उपमहानगर पालिका उप प्रमुख रौषण परविण , राष्ट्रिय स्वतन्त्र पार्टी को बारा जिल्ला अध्यक्ष  चन्दन स्वर्णकार , सिम्रौनगढ जसपा नगर कमिटी अध्यक्ष  पन्नालाल कुशवाहा, जनमत का गगनदेव प्र . कुशवाहा नेकपा एस का रमेश पन्जाली राप्रपा का सत्येन्द्र साह , सिम्रौनगढ नगरपालिका -३ वार्ड अध्यक्ष एजुलाह अन्सारी -४ का अवधेश सहनी, -६ का नन्दकिशोर प्रसाद जयसवाल , -८ रामदिनेश प्रसाद यादव, बिद्यार्थी नेता उमेश कुशवाहा आफ्नो बिचार राख्नु भएको  थियो ।

यश अवसरमा करैया गाउपालिकाको अध्यक्ष  शम्भु प्रसाद यादव, सिम्रौनगढ नगरपालिका को उपमेयर नजमु शेहर , बारागढी को लक्ष्मी यादव , मानव अधिकार कर्मी रन्जित कुशवाहा ,  पुरातत्व सेनानी भरत साह ,डि. के. सिह  लगायेत वार्ड अध्यक्ष  दिनदयाल मुखिया अरबिन्द मुखिया, शिवमङ्गल कुशवाहा ,रामएकवाल प्रसाद यादव र स्थानीय भद्रभलादमीको सहभागिता रहेको थियो ।

सिम्रौनगढ नगरपालिका को  प्रमुख प्रशासकिये अधिकृत हरिओम प्रसाद जयसवाल र विणा फाउन्डेसन को अध्यक्ष  ममता शर्मा ले सहजी करण गर्नु भएको यश कार्यक्रममा शिक्षक शशिभुषण साह ले स्वागत गर्नु भएको  थियो ।

Post a Comment

Previous Post Next Post