भारत नेपाल सिमावर्तित क्षेत्रको वासिन्दाहरुमा खुशिको लहर / २५ वर्ष पछि रकसौल देखि जयनगर सम्म रेल परिचालन हुदै छ ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

 २६ जनवरी भारतको गणतन्त्र दिवसको अवसरमा २५ वर्ष पछी रक्सौल देखि जय नगर सम्म  ट्रेन परिचालन भएको ले नेपाल भारत सिमावर्तित क्षेत्रको वासिन्दाहरुमा खुशी लहर छायेको छ । 

यो ट्रेन पर्साको बीरगन्ज , बाराको सिम्रौनगढ ,रौतहटको गौर ,सर्लाहीको मलङवा ,बलरा र  भारतको रक्सौल ,घोडासहन ,बैरगिनिया ,सितमढी , जनकपुर रोड लगायेतको नेपाल भारतका सिमावर्तित क्षेत्रका वासिन्दाहरुको र जनकपुर धाम यात्राको   सुबिधाको ध्यानमा राखी परिचालन हुँदै छ ।

यो ट्रेनको उदघाटन भारतको गणतन्त्र दिवसको पुर्ब सन्ध्यामा २५ जनवरी को रक्सौल देखि हुने भएको  समस्तीपुर मंडल रेल प्रबन्धक बिनय श्रीवास्तवले जाननकारी गराउनु भयो । । यो ट्रेन रक्सौल देखि सुरु हुँदै घोडासहन , बरगिनिया , सितामढी ,पुपरी हुँदै दरभङ्गा जयनगर सम्म जान्छ ।जसको समय सारणी यश प्रकार छ ।प्रत्येकदिन बेलुकी रक्सौल बाट 7:35 मा खुल्ने जुन घोडासहनमा 8:20 बजे ,  दरभङ्गामा रात्री 11:05 मा पुग्दै बिहान 3:10 बजे जयनगर पुग्ने छ । पुन: यो ट्रेन जयनगरबाट खुली 5:10 बजे दरभङ्गा , 9:15 बजे घोडासहन र 10:20 बजे रक्सौल पुग्ने छ ।  

रक्सौल देखि जयनगर सम्म चल्ने यो रेल निम्न स्थानहरुमा रोकिने छ रक्सौल ,घोडासहन ,बैरगिनियस , सितामढी, जनकपुर रोड ,दरभङ्गा ,सकरी , पंडैाल  ,मधुबनी ,राज नगर रहेको छ । 75215/16 नम्बरको यो ट्रेनमा 8 बटा बोगीको ब्यवस्था छ ।

यसका साथै यो ट्रेन रक्सौलको सटा नरकटियागन्जबाट चलाउन मांग पनि उठी रहेको छ ।जुनकी छोटी लाईन भएको  बेला यो सुबिधा उपलब्ध थियो ।


Post a Comment

Previous Post Next Post