रामेश्वर मेहता / तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढ नगरपालिकामा बिगत एक महिना देखि आर्थिक सहयोगको पर्खाईमा रहेका एक गरिब महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा सिम्रौनगढ नगरपालिका वार्ड न . ९ निवासी मौजे लाल पटवा को श्रीमती उषा देबी रहेकी छीन ।
आफू बिरामी रहेकी उषा देबी औषधि गराउन केही आर्थिक सहयोग पाउन्छ भन्नी अपेक्षा राखी नगरपालिकामा निवेदन दियेका थिये । यता नगरपालिका बाट अश्वासन पाये पछी आज पाउन्छ भोलि पाउन्छ भन्नी नगरपालिकामा धाउदा धाउदै गये बिहीवार ११ बजे राती औषधिको अभावमा उनको मृत्यु भएको स्थानीय समाजसेवी भोजेन्द्र यादवले बताउनु भएको छ । मृतक उषा देबी को दुई छोरी रहेकी छिन ।
