रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ -७ टोल खजानी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयको छात्र छात्रालाई आज साईकिल बितरण गरियेको छ ।
मधेश प्रदेश को पुर्ब मुख्य मन्त्री सरोज कुमार यादव र डा. धनन्जय यादवको सकृयता तथा सम्बन्धित वार्ड अध्यक्ष बिवेक मेहताको पहलमा यश बिधालयको कक्षा सातको सबै छात्र र छात्राहरुलाई साईकिल बितरण गरियो ।
चाईना फाउडेसन्को सहयोगमा जम्मा२०५ थान साईकिल बितरण गरियो ।
सिम्रौनगढ नगरपालिका वार्डन. ७ को वार्ड अध्यक्ष बिवेक मेहताको अध्यक्षतामा भएको यो साईकिल बितरण कार्यक्रम मा अभिभावक र स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।
