बाराको माहा गढीमाई नगरपालिका -१ टोल बरियारपुरमा लागेको विश्व प्रसिद्ध पन्च वर्षिये गढीमाईको मेलामा २४ गते सोमवार सम्म २ करोड पचास लाख यात्रुहरुले मेलाको अवलोकन गरेका छन ।
बितेको शुक्रवार देखि नै भिड भाड बढन थाले पछी हालसम्म दुई करोड पचास लाख श्रधालु भक्तजनहरु मेलामा आयेको जनाईयेको छ ।यो भिड ले मेलाको पश्चिम बाराको सदरमुकाम कलैया सम्म , पुर्ब हर्नैया र दक्षिण मझडिया सम्म ट्रफिक जाम रहेको देखियेको छ । भारतिये सिमावर्तित क्षेत्रमा चलिने रेलमा पनि अत्यधिक भिड बढेको देखियो तथा गढिमाई मेलाको पायक रेलवे स्टेसन घोडा सहन, छौडादानो ,आदापुर र रक्सौल रेलवे स्टेसनमा र बस मा यात्रीहरुको भिड देखियो ।
आईतवार बिहान ४ बजे देखि ६ बजे सम्म दुई घण्टा धार्मिक परम्परा अनुसार बिधिवत पुजागरी बाबा ब्रह्म स्थान नजिक बनाईयेको मौलोमा पन्चबली दिये पछी बली दिने क्रम सुरु भएको थियो । जस अनुसार आईतबार बेलुकी सम्म ८ हजार ६ सय २९ रंङ्गा बली गरियेको मेला ब्यवस्थापन समिती अन्तरगत का बली ब्यवस्थापन उप समितिको संयोजक प्रेम साहले बताउनु भयो । त्यस्तै आज सोमवार बोका बाख्रा बली दिने मिति तोकियेको ले सो मेला परिसर मै भक्तजनहरुले आफ्नो पायेक स्थानमा बली गरेकोले यसको यकिनन संख्या भन्न न मिल्ने मेला समितिबाट थाह भएको छ । गढीमाई मेलामा चढाईयेको राङ्गाको मासु दलित समुदायेका केही जातीहरुले प्रसाद्को रुपमा लगेको बुझियेको छ । यश सम्बन्धमा गढीमाई मेला २०८१ यानी यस सालको गढीमाई मेलामा चढाईयेको राङाको मासुको कुनै टेन्डर अह्वान न गरियेको बुझियेको छ ।
यसका साथै गढीमाईको मेलामा चढाईयेको राङ्गाबाट कुनै दुर्गन्ध न फैलियोस र स्थानीय वासिहरुको स्वास्थ्यमा कुनै असर न परोस भन्ने ध्यानमा राखी राङ्गाको आन्द्रा भुँडी र टाउकोलाई खाल्डो खनी ब्यवस्थापन गरिने काम भैइ रहेको मेला समिती ले जनायेको छ ।
मंसिर १ गते देखि सुरु भएको यो मेला मंसिर ३० गते सम्पन्न हुँदै छ ।


ठूलो पत्रकार महोदय , तिमी लाई राम्ररी थाह छ कि त्यो दलित समुदाय काे व्यक्ति हरु ले मासु लागेको हुन । मलाई सम्पर्क गर तिमी , म तिमीलाई यादव ,पटेल जस्ता अन्य ले लिएको फोटो भिडियो दिएछु।
ReplyDeleteदलित पनि थियो तर १०% मात्र
Delete