गढीमाई मेलामा आईतवार १५ लाख श्रधालु भक्तजनहरुको मेला मा सहभागिता ।


रामेश्वर मेहता / तिरहुत साप्ताहिक  

 बाराको  महागढीमाई -१ टोल बरियारपुरक्षेत्रमा लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा आईतवार बेलुकी सम्म १५ लाख यात्रुहरुले मेलाको अवलोकन गरेको तथा लक्ष्य भन्दा कम रङ्गाको बली चढेको छ ।


आईतवार बिहान बिधिवत पुजा गरी रङ्गाको बली दिन सुरु गरीयेको थियो । यश पाली ११ हजार रङ्गा बली दिने अनुमान गरीये ता पनि यो संख्या दोबरले घटेको छ । यश साल पाच हजार रङ्गाको बली दिईयेको मेला समितीबाट थाह भएको  छ  ।भाखल अनुसार श्रधालु भक्तजनहरुले आफ्नो मन्न्त पूरा भएकोले परेवा, खसी बोका र रङ्गा बलीचढाउने  गर्छन । अधिकतर श्रधालु भक्तजन भारतबाट आउने गरेकोले यश साल बोर्डरमा बलीको लागी ल्याईयेको खसिबोला र राङ्गाहरुलाई रोक लगाउदा यो संख्या कम भएको  बुझियेको छ । गढीमाई मेला २०८१ यश पाली को मेलामा सबै सुबिधा ठिक भये  ता पनि सन्चार ब्यवस्था  सुस्त र टावर लाईट्को संख्या कम देखिये साथै यो मेलामा जग्गा र बती ब्यवस्थापन महङ्गो परेको पसलेहरुले  बतायेका छन । १ गते देखि सुरु भएको  मेला ३० गते सम्म लाग्ने  भएको  छ । 

Post a Comment

Previous Post Next Post