गढी मेलामा ल्यादै गरेको पाडा र बोकालाई रोके पछी , एन जि ओ सदस्य र श्रधालु यात्रीहरु बिच झडप ।


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक  

बाराको सिम्रौनगढ -९ टोल बसवरिया नजिक रहेको भारतको झरोखर सिमा नजिक गढीमाई मेलाको यात्री र एन जि ओ सदस्यहरु बिच झडप भएको  छ ।

बिहीवार विश्व प्रसिद्ध गढीमाई मेलामा भाखल अनुसार गढीमाईको लागि ल्याउदै गरेको रांगाे ( पडा  ) बोका  लाई एन जि ओ को सदस्यहरुले रोके  पछी यात्रीहरु र एन जो ओ को सदस्यहरु बिच बिवाद बढी झडप  भएको थियो ।



बिवाद सो बेला उत्पन्न भयो जब एन जि ओ का सदस्यहरुले पाडा समाते पछी यात्रीहरु आफ्नो पाडा माग्दा न दियेर पाडाहरु थानामा बुझाउन जान लाग्दा  दुबै पक्ष बिच बिवाद बढेर झडप भएको  जनाईयेको छ । यसै बिच केही  मवेशीलाई ( पाडा र बोका ) थानामा बुझाईयो र केही यात्रीहरु आफ्नो मवेशी ली नेपाल तिर भाग्न सफल भएको   प्रत्यक्षदर्शीहरुले बतायेका छन । पछि प्रहरीले स्थिति लाई शान्त पारे ।

Post a Comment

Previous Post Next Post