रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
सिम्रौनगढ क्षेत्रको सम्पदा संरक्षण अधारित अभिमुखिकरण कार्यक्रम आज बाराको सिम्रौनगढ-७ सिम्रौनगगढ नगरपालिका को सभा कक्षमा एउटा समारोह बिच सम्पन्न भएको छ ।
तिन दिन सम्म चलेको यो अभिमुखिकरणमा देश भरी रहेको पुरानो सम्पदाको संरक्षण र यसमा स्थानीय तह र जनताहरुको भुमिका , दाईत्व र कर्तब्य भन्ने कुरामा छलफल गरियेको थियो ।
सिम्रौनगढ नगरपालिकाको मेयर किशोरी प्रसाद कलवार को प्रमुख आतिथ्य एव पुरातत्व बिभागको काठमाण्डौको महा निर्देशक डा. सौभाग्या प्रधाङ्गणा को अध्यक्षता भएको यो उदघाटन सत्रलाई निम्न वक्ताहरुले अ आफ्नो बिचार राखेका थिये । वक्ताको क्रममा वशिष्ठ अतिथी बाराको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हरिओम प्रसाद जयसवाल ,वरिष्ठ पुरातत्व विद देवेन्द्रनाथ तिवारी प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुवर कन्काली मा. बि. सिम्रौनगढ का प्र. अ. रिसभदेव यादव ,शिक्ष्क उमाशन्कर प्रसाद यादव लगायेत का रहेका छन
यश अवसरमा यश अवसरमा मधेध प्रदेश सरकार पर्यटन बिभागका कार्यक्रम प्रमुख बबिता जयसवाल ,सिम्रौनगढ नापी शखा प्रमुख नवल किशोर उपाध्या , उधोग वाणिज्य सघ सिम्रौनगढको अध्यक्ष लालबाबु प्रसाद कुशवाहा ,सिम्रौनगढ क्षेत्र पर्यटन बिभागको पुर्ब अध्यक्ष श्याम किशोर यादव , वार्ड अध्यक्षहरु , राजनिती दलका प्रतिनिधिहरु र स्थानीय सघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पुरातत्व बिभगको रामबहादुर डुबर ले स्वागत गर्नु भएको यश कार्यक्रमलाई पुरातत्व बिभागको मन्जु थापाले सन्चालन गरेका थिये ।
यश अवसरमा सिम्रौनगढ नगरपालिका र उधोग वाणिज्य सघ सिम्रौनगढ द्वारा पुरातत्व बिभागको महानिर्देश्क सौभाग्य प्रधाङ्गणा लाई मयाको चिनो प्रदान गरियेको थियो र कार्यक्रम सहभागी हरुलाई प्रमाणपत्र दिईयेको थियो ।

