सिम्रौनगढमा सम्पदा संरक्षण बारे तिनदिने अभिमुखिकरण कार्यक्रम सुरु ।


रामेश्वर मेहता ।

 सिम्रौनगढ क्षेत्रको सम्पदा संरक्षण अधारित अभिमुखिकरण कार्यक्रम आज बाराको सिम्रौनगढ-७ सिम्रौनगगढ बजार स्थित उधोग वाणिज्य सघ सिम्रौनगढको सभा कक्षमा सुरु  भएको  छ ।

तिन दिन  सम्म चल्ने यो यो अभिमुखिकरणमा देश भरी रहेको पुरानो सम्पदाको संरक्षण र यसमा स्थानीय तहको भुमिका भन्ने कुरामा छलफल भयो ।


 मधेश प्रदेश  बारा क्षेत्र न १ ख को बिधायक राजपती देबीको प्रमुख आतिथ्य एव पुरातत्व बिभागको महा निर्देशक सौभाग्या प्रधाङ्गणा  को अध्यक्षता भएको  यो उदघाटन सत्रलाई निम्न वक्ताहरुले अ आफ्नो बिचार राखेका थिये । वक्ताको क्रममा वशिष्ठ अतिथी सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरी प्रसाद कलवार , प्रमुख प्रशासकिय अधिकृत हरिओम प्रसाद जयसवाल ,वरिष्ठ पुरातत्व विद देवेन्द्रनाथ तिवारी  प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुवर लगायेत का रहेका छन ।

यश अवसरमा समाजवेबी शेख मोतिम , उधोग वाणिज्री सघ सिम्रौनगढको अध्यक्ष लालबाबु प्रसाद कुशवाहा ,सिम्रौनगढ क्षेत्र  पर्यटन  बिभागको पुर्ब अध्यक्ष  श्याम किशोर यादव , वार्ड अध्यक्षहरु , राजनिती दलका प्रतिनिधिहरु र स्थानीय सघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति  रहेको थियो ।

पुरातत्व बिभगको रामबहादुर डुबर ले स्वागत गर्नु भएको यश कार्यक्रमलाई पुरातत्व बिभागको मन्जु थापाले सन्चालन  गरेका थिये ।

सहभागी सबै जनाको टोली द्वारा उतखनन स्थान पलकिया माई क्षेत्रमा पुगी त्यहा उत्खनन भएको वास्तु आवशेष, माटो खिलौना  पुजा सामग्री ,  हड्डी , कोयला , काशिदाकारी खपडा  लगायेका बस्तुहरुलाई  अवलोकन गरियेका थिये । 

Post a Comment

Previous Post Next Post