सिम्रौनगढ-२ अमृतगन्जमा बिप्पन्न जनतामा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न ।


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।

अत्यधिक जाडो बढे संगै बाराको सिम्रौनगढ -२ टोल अमृतगन्जमा आज बिपन्न जनतालाई न्यानो कपडा बितरन कार्यक्रम सम्पन्न भएको  छ। 

बारा क्षेत्र न. १ सांसद अच्युत मैनालीको समन्वय तथा कान्तिपुर भेट डिस्टिब्युटर प्रमुख सोना सुवेदी बडालको सहयोगमा आज सिम्रौनगढ नगरपालिका -२ का अमृतगन्ज, मौवाही नैकाटोलाका गरिब बिप्पन्न जनताहरुलाई कम्बल र जैकेट बितरण गरियेको छ । 



सहयोगी दाता सोना सुवेदी ले कम्बल र ज्याकेट बितरन गरि बितरण कार्यक्रम आरम्भ गर्दै उपस्थित अतिथिहरुको बाहुलीबाट १०० जनामा कम्बल र ज्याकेट बितिरण गरियो ।

नेकपा एमाले सिम्रौनगढ नगर कमिटी  अध्यक्ष महेन्द्र जयसवालको अध्यक्षता तथा सांसद अच्युत मैनालीको प्रमुखआतिथ्यमा  भएको न्यानो कपडा  बितरण  कार्यक्रममा सांसद अचुत मैनाली , सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरी साह कलवार , सोना सुवेदी ले आफ्नो बिचार राखेका थिये ।

यश अवसरमा नेपाल पशु पन्क्षी औषधि ब्यवसायी सघ को अध्यक्ष  रितेश रिमाल, नेकपा एमाले प्रदेश सदस्य ढुन्ढीराज  उप्रेती ,नेकपा एमाले सचिवालय कार्यालय प्रमुख शिव रिजाल , टीना सुवेदी,   ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी निरीक्षक  पवन पछाई को उपस्थिति  रहेको थियो ।

नेकपा एमाले मधेश प्रदेश  सदस्य ताराचन्द साहले स्वाग्त गर्नु भएको यो कार्यक्रमलाई नेकपा एमाले बारा सदस्य  प्रमानन्द मुखियाले सहजिकरण गर्नु भएको  थियो ।

Post a Comment

Previous Post Next Post