एक क्युन्टल 9 किलो 500 ग्राम गांजाकाे साथ एक जना ब्यक्ती पक्राउ अरु जना फरार प्रहरी द्वारा खोज तलास तिब्र ।।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।

बाराको मटिअर्वा नजिक सिमावर्तित भारतको घोडासहन नजिक बाट एक क्युन्टल ९ किलो ५०० ग्राम लागू औषध गांजा साथ एक जना ब्यक्ति पक्राउ परेका छन ।

गुप्तसुचनाको अधारमा आदापुर थानाका  प्रहरी र एस एस बी को सन्युक्त    टोली ले  आज नेपालबाट भारत तर्फ आयेको एक क्युन्टल ९ किलो ५०० ग्रम गांजा आदापुर थाना क्षेत्र को लहरा गाउँ  सैनिक रोड नजिक बाट  रंगे हात नियन्त्रणमा लियेको जनाईयेको छ ।


 

पक्राउ पर्नेमा जिल्ला पुर्बी चम्पारण टोल संग्रामपुर निवासी प्रमोद महतो रहेका छन । अरु तस्करहरु बिहान कुहिरोलागेको फायदा उठाई भाग्न सफल भएका छन  ।

छापामारी गर्ने प्रहरीको दलहरुमा अनुमन्डल पुलिस पदाधिकारी रक्सौलका धिरेन्द्र कुमार  , एस एस बी निरीक्षक  राजकुमार शील , अदापुर थाना पु. अ. नि. धर्मबीर कुमार चौधरी ,कन्हैयालाल सिह आदापुर , परी पु. अ. नि. नुतन कुमारी आदापुर , सशस्त्र बल डायल 112 एव चौकीदार ,  आदापुर थाना एव एस एस बी  रहेको पुलिस अधिक्षक को कार्यालय पुर्बी चम्पारण मोतिहारी बाट जारी प्रेस बिज्ञपति बाट  जनाईयेको छ ।



Post a Comment

Previous Post Next Post