सिम्रौनगढबाट एक क्युनटल ४२ किलो गांजा पक्राउ ।


रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

  बाराको सिम्रौनगढबाट पुन: भारी मात्रामा लागु औषद गांजा  पक्राउ परेका छन ।

हिजो बेलुकी ९ बजे सिम्रौनगढ -७ टोल खजानी स्थित प्रहरी चौकी श्रीनगर बैरियाबाट प्र. स. नी. जगदिश प्रसाद यादवको कमाण्डमा खटियेको टोलीले गस्ती गर्दै जाँदै गरेको बेला कोतवाली नहरबाट खजानी तर्फ आउदै गरेको  बी. आर. २२ ए.क्यु. २९७६ ( B. R. 22 AQ 2976 )  नम्बरको स्प्लेन्डर मोटरसाइकल शंका लागि पछ्याउँदै जादा मोटरसाइकल चालकले प्रहरीलाई देखे पछी मोटरसाइकल छाडी फरार भयो ।उक्त मोटरसाइकलमा लोड गरियेको समान खोली हेर्दा लागू औषद गांजाा फेला परेको र सो गाजा  तीन बोरामा प्लास्टिक ले बेरियेको ९ पोका एक क्युन्टल ४२ किलो  गांजा रहेको जनाईयेको छ ।  


बरामद गरियेको मोटरसाइकल सहितको गांजा  नियन्त्रणमा ली आवश्यक कानुनी प्रक्रिया अगाडि बढाईयेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सुचना अधिकारी डी. एस. पी. प्रकाश सापकोटाले बताउनु भएको  छ ।

यश सम्बन्धमा तीन दिन पहिले सिम्रौनगढ ४ हरिहरपुर बाट ४३ किलो गाजा समातियेको थियो  ।

Post a Comment

Previous Post Next Post