रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ ईलाका प्रहरी कार्यालय सिरौनगढ का प्रहरीले हिजो सोमवार सिम्रौनगढ -४ हरिहर पुर नजिक बाट भारी मात्रामा अबैध लागूऔषध गांजा नियन्त्रणमा लियेको छ ।
सोमवार बेलुकी ८ बजे प्रहरी चौकी अमृतगन्ज का प्र श नि मनोज यादवको कमाण्डमा सिविल गस्ती खटी रहदा पश्चिम तेलकुववाबाट सिम्रौनगढ तर्फ आईरहेको बी.आर.ओ. जिरो वन ए यु ११०७ ( B R O 01 AU 1107 न. को कार लाई संकाकाे अधारमा पछयाउदै जादा कार चालकले प्रहरी टोलीलाई देखि कार छाडी भागेकोमा प्रहरी टोली उक्त कार नजिक पुगी कार लाई चेक जाँच गर्दा कार भित्र प्लास्टिकले बेरियेको पाच वटा पाकेटमा ४३ किलोग्राम लागू औषध गांजा फेला परेको र सो गाजा ईप्रका सिम्रौनग्ढमा राखियेको जनाईयेको छ । फरार मानिसको खोज तलास भैइरहेको ईलाका प्रहरी कार्यलय सिम्रौनगढ्को प्रहरी निरीक्षक नवीन राईले जानकारी गराउनु भयो ।

