रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको पचरौता नजिक सिमावर्तित भारतको बनकटवा प्रखण्ड अन्तरगत बडहडवा एस एस बी का जवानहरुले तस्करीको ६०० बोतल मदिरा सहित एउटा मोटरसाइकल नियन्त्रणमा लियेको छ ।
६०० बोतल मदिरा मोटरसाइकलमा लोडगरी नेपालबाट भारत लगिरहेको मदिरा तस्कर ले गस्तिमा रहेको एस एस बी का जवानहरुलाई देखेर मोटरसाइकल सहित मदिरा छोडेर भागेका एस एस बि जवान ले बतायेका छन ।
उक्त मोटरसाइकल सहित ६०० बोतल मदिरा एस एस बि का जवानहरुले रेगनिया नजिक पिलर संख्या ३६०/११ बाट बरामद गरियेको जनाईयेको छ ।

