रामेश्वर मेहता । तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ नजिक भारतको सिमावर्तित शहर घोडासहन थानाको प्रहरीले ३२१ बोतल नेपाली मदिराको साथ एउटा महिला सहित दुईजाना तस्करलाई घोडासहन थानाको प्रहरीले नियन्त्रणमा लियेको छ ।
पक्राउ पर्नेको नाम खुलाईयेको छैन ।
गुप्त सचनाको अधारमा विभिन्न ठाउमा छापारी गरि उक्त मदिरा बरामद गरीयेको घोडासहन प्रहरी ले जनायेका छन । पक्राउ परेका तस्करलाई जेल पठाईयेको छ । ३०० बोतल मदिरा को साथ भसेडावा नजिकबाट पुरुष तस्करलाई गिरफ्तार गरियेको छ भन्ने घोडासहन दक्षिणी पन्चायत वार्ड न . ८ बाट २१ बोतल मदिराको साथ एक महिलालाई नियन्त्रणमा लिईयेको छ ।
यी सबै मदिरा तस्करी बाराको सिम्रौनगढबाट लोड गरि भारत तर्फ लैजाने गरेको प्रत्यक्षदर्शीहरुले बतायेकाछन ।

