सिम्रौनगढमा नि:शुल्क अँखा शिविर सम्पन्न १८५ जनामा मोतियाबीन्द ठहर ।।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

 बाराको सिम्रौनगढ -७  कंकाली मा. वि. को पारङ्गण आज एक दिवसिये नि: शुल्क अँखा  शिविर भएको  छ ।

निजगढ तिलगङा अँखा अस्पतालको सहयोग सि. एम. ए. संघ तथा सिम्रौनगढ नगरपालिकाको आयोजनामा भएको  यश अँखा शिविरको उदघाटन सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरी प्रसाद कलवारले गर्नु भयो ।  


उदघाटन सत्रमा सिम्रौनगगढ नगरपालिका को प्रमुख प्रसाशकिये अधिकृत हरिओम प्रसाद जयसवाल ले स्वागत गर्नु भयो भन्ने सन्चालन स्वास्थ्य संयोजक  बिजय ठाकुर ले गर्नु भएको  थियो ।

 सि. एम. संघ सिम्रौनगढको अध्यक्ष  प्रमानन्द प्रसाद  मुखिया अध्यक्षतामा भएको  यश शिविरमा ५२१ जनाले  आफ्नो आँखा चेक जाँच गरायेका थिये जसमा  जसमा महिला २३६ र पुरुष २८५ रहेको सि. एम . सघ  सिम्रौनगढका कोषाध्यक्ष  डा. रामबाबु कुशवाहाले बताउनु भयो। चेक जाँच गरायेका मध्ये १८५ जना  जनालाई मोतियाबिन्द रहेको जनाईयेको छ ।निजगढ तिलगङ्गा अँखा  अस्पतालका प्रमुख  दीपक सुबेदीको नेतृत्वमा आयेका ६ जना डाक्टरहरुको टोलीले चेक जाँच गरेका थिये जसमा डा. गजेन्द्र कुमार महतो ,डा. कुमारी घले ,डा. काजल कुमारी लगायेतका रहेका छन । मोतियाबिन्द भएका सबै रोगीलाई आउदो शुक्रवार अपरेसनको लागि तिल गङ्गा अस्पताल निजगढमा बुलाईयेको संघ का सचिव मिश्रीलाल चौरसियाले जानकारी गराउनु भयो ।


Post a Comment

Previous Post Next Post