सशस्त्र प्रहरी द्वारा सिम्रौनगढ छ्ठ घाटको सरसफाइ


रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

 बाराको सिम्रौनगढमा महा पर्व छठको उपलक्ष्यमा आज कंकाली ईशरा पोखरीको डिमा अवस्थित छठ घाट्को सरसफाई भएको  छ ।

सशस्त्र प्रहरी बल बी ओ पी गोलागन्जको आयोजना भएको  सो सरसफाई पोखरीको आरी र डिलमा रहेको फोहरलाई हटायेर सरसफाइ गरियेको थियो । महापर्व छठ्को पुर्व सन्धयामा भएको  यो सरसफाई धेरै महत्त्वपूर्ण रहेको बुझियेको छ ।

सशस्त्र प्रहरी बल गोलागन्जको प्रहरी निरिक्षक केशव शर्माको कमाण्डमा रहेको १५ जना प्रहरीहरुको सहभागितामा सो सरसफाइ गरियेको थियो । 

Post a Comment

Previous Post Next Post