बारा पचरौताको बेनौलीमा लाग्ने महाबिरी झण्डा मेलामा शान्ती सुरक्षा हेतु बृहद पत्रकार सम्मेलन सम्पन्न

 

B

बारको पचरौता -७ टोल बेनौलीमा कार्तिक २४/२५ गते लाग्ने महाबिरी झण्डा मेला सम्बन्ध मा आज नगरपालिकाको सभा कक्षमा पत्रकार सम्मेलन भएको  छ । 

पचरौता नगरपालिकाको नगर प्रमुख जलान्धर सिहले आयोजना गर्नु भएको  सो पत्रकार सम्मेलनमा पचरौता -७ बेनौलीमा बर्षो देखि लाग्दै आयेको महाबिरी झण्डा मेलामा सुरक्षा ब्यवस्था दुरुस्त राख्न छलफल भएको  संगै गत साल लागेको मेलाको स्थिती र समस्या बारे अवगत गराईयेको थियो ।जस अनुसार  यो मेला गत साल दुई मेला लागेको र मेलामा दोहरो झडप समेत भैइ सुरक्षामा खटियेको प्रहरी ले १८ राउन्ड हवाइ फायर गरेको अवगत गराईयो । यसै बिषयलाई लियेर जनप्रतिनिधि ,अगुवा भद्रभलादमी र मेला लगाउने समूह सग जिल्ला प्रसासन कार्यालय कलैयामा भएको बैठ्को निर्णय अनुसार अब देखि २०८१ मा लाग्ने मेला एउटै मेला लगाउने र उक्त मेला  वडा कार्यालयले लगाउने सहमती समेत भएको  ब्योहरा जानकारी गराईयो ।


यश सम्बन्धमा स्थानीय सरकार संचालन एन २०७४ बमोजिम मेला र सास्कृती कार्यक्रम स्थानिये सरकार को अधिकार क्षेत्र भित्र रहेको कानुन बमोजिम मेला समिती गठन भई वडा कार्यालयको सिफारिसमा यश नगरपालिका बाट कार्यादेश समेत पाई सकेको छ । तै पनि झडप तथा झगडा गर्ने उद्धेश्य ले केही ब्यक्ति  तथा समुहले सोही मिति कार्तिक २४/२५ गते कै दिन नै अर्को मेला लगाउन समिती गठन गरेको बुझियेको छ । सो अधिकारेक छैन ।


त्यस्तै यस पचरौता नगरपालिकाको नगर कार्यपालिकाको मिति २०८१/७/१२ गतेको निर्णय अनुसार वार्ड न ७ बेनौली छठको पारणाको भोलि पल्ट देखि लाग्ने मेला भिखना पोखरीको डिलमा लगाउने र नगरपालिका  वा  वार्ड कार्यालय को अनुमती बिना यश कार्यपालिकाको क्षेत्र  भित्र कुनै किसिमको मेला, नाचगान लगायेत सास्कृतिक कार्यक्रम समेत गर्न न पाउने निर्णय भएको  जानकारी गराउदै मिति कार्तिक २४/२५ गते सम्म वार्ड न ७ टोल बेनौलीमा लाग्ने महाबिरी झण्डा मेलामा कडा उच्च स्तरिये सुरक्षा ब्यवस्था मिलाउनको लागि सम्बन्धित निकायमा पत्राचार गर्ने समेतको निर्णय आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

अंतमा पत्रकारहरुले सोधेको प्रश्नको जवाब नगर प्रमुख जलान्धर सिहले दिनु भएको  थियो । यो पत्रकार सम्मेलनमा  प्रीन्ट मिडिया र ईलेक्ट्रोनिक मिडियाको १५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । 

Post a Comment

Previous Post Next Post