जुन समुदायको पकड शक्ति र सतामा रहन्छ विकास उसैको हुन्छ / उपेन्द्र यादव ।


रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

  जनता संग ज. स. पा. नेपाल अभियान अभिमुखिकरण कार्यक्रम शुक्रवार बाराको सिम्रौनगढ -२ अम्मृतगन्ज रामजानकी मन्दिको पारङ्गणमा सम्पन्न भएको  छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ज. स. पा. नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बताउनु  भयो कि नेपाल दरिद्र देश मध्ये एक हो  जुन पहिले थियेन । आज भन्दा ३५ साल पहिले नेपालमा सयौ कल करखाना उधोगहरु थियो र दस लाख मानिसहरु  रोजगारमा लागेका थिये । तर काग्रेस र कमुनिस्टको निजिकरणको नितिको  कारण सबै  उधोग धन्धा बन्द भयो ।जसको कारण आज ७० लाख नेपालीहरु बिदेशियेको छ । याहाको शिक्षा ध्वस्त , उधोग ध्वस्त ,कृषि ध्वस्त भयो सबै ध्वस्त भएको  छ ।यहाँ बिकासको नाममा भ्रष्टाचार , लुटतन्त्र को बिकास भएको  छ ।वाहाले अगाअगाडी बताउनु भयो कि यहा सुगम जग्गा उब्जाउ भुमी , हावापानी सबै अनुकुल भये ता पनि याहा कुपोषण  र सब भन्दा बढी गरिबी छ । भनिन्छ कि जुन समुदाय को पकड शक्ति र सतामा रहन्छ बिकास उसैको हुन्छ । आज पहाडमा बिकास हुनु र मधेशमा बिकास न हुनु को कारण पनि यही हो । 

अर्को वक्ता मधेश प्रदेश्का पुर्ब मुख्य मन्त्री एव जसपा शिर्ष नेता सरोज कुमार यादव ले बताउनु भयो कि मलाई मुख्यमन्त्री सम्म पुर्याउने सबै जनतालाई धन्यवाद दिन चाहन्छु ,र म मुख्यमन्त्री हुदा मैले बिकास गरेको छु तर यसै बिच मलाई पाच चोटि बिश्वासको मत लिनु पर्यो  । म जनताको रिणि भएको  छु र  पुन; मलाई जिताउनु होस म अर्को पल्ट यो भन्दा ठूलो बिकास गरि रिण मुक्त हुने छु । 

जसपा बारा क्षेत्र  न. १ को  अध्यक्ष सुनिल प्रसाद कुशवाहाको अध्यक्षतामा भएको  यश अभिमुखिकरण कार्यक्रममा  जसपा नेता रामकिशोर प्रसाद यादव,सुनिल कुमार यादव , मधेश प्रदेशका पुर्ब  अर्थ राज्यमन्त्री उषा कुमारी यादव , बारागढी गाउपालिका अध्यक्ष  अशोक कुमार जयसवाल,नेता हेमचन्द्र जयसवर  लगायेत ले आफ्नो बिचार राखेका थिये । 

जसपा नेता राजेश यादवले स्वागत गर्नु भएको  यो कार्यक्रममा सहजीकरण नेता रामबाबु प्रसाद यादवले गर्नु भएको  थियो ।


Post a Comment

Previous Post Next Post