रामेश्वर मेहता / तिरहुत साप्ताहिक
सनातन धर्म रक्षा मन्चको ६९औ सत्संग गोस्टी बिहीवार बाराको सिम्रौनगढ ८ कचोर्वाको बलुआटा मठको पारङ्गणमा सम्पन्न भएको छ ।
आत्म बोध समाज निर्माण ,हत्या हिन्सा रहित समाज निर्माण , नशा मुक्ती समाज निर्माण , भेदभाव रहित समाज निर्माण लगायेत को उधेस्य रहेको यो सत्य संग गोष्टीमा प्रवचन कर्ताहरुले उधेस्यलाई मदय नजर राख्दै आफ्नो प्रवचन गरेका थिये ।
सनातन धर्म रक्षा मन्च को अध्यक्ष ओमप्रकाश ठाकुर को अध्यक्षतामा भएको यश सत्य सशंग गोस्टीमा बैकुण्ठ प्रसाद जयसवाल , संजय शास्त्री, राजमङ्गल बाबा , मेघनाथ बैरागी, महेन्द्र प्रसाद यादव लगायेतले प्रवचन दियेका थिये ।
यश धार्मिक कार्यक्रमको सुरुमा भगवान शिवको पुजा गरि माहा मृतुन्जय मन्त्र साथ बृहद हवन र आरती को आयोजना गरियेको थियो । यो धार्मिक कार्यक्रम अन्तरगत भण्डारा को आयोजना गरियेको थियो । यो धार्मिक गोस्टीकोमा सनातन धर्म रक्षा मन्चको सचिव बकुण्ठ प्रसाद जयसवालले सहजीकरण गर्नु भएको थियो । गोष्टीमा विश्व हिन्दु परिषद शखा सिम्रौनगढ नगढका अध्यक्ष रामबिलास प्रसाद साह , सिम्रौनगढ नगरपालिकाको पुर्ब मेयर बिजय शंकर यादव सहित दुई सय महिला पुरुष भक्तजनहरुको सहभागिता रहेको थियो ।
