रामेश्वर मेहता्/ तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ नगरपालिकामा आज २१ सौ प्रमुख प्रशासकिये अधिकृतको रुपमा हरिओम प्रसाद जयसवल ले कार्यभार सम्हालनु भएको छ ।
बेला बेला विभिन्न प्रकारको द्वन्दले यहाँ प्रमुख प्रशाशकिये अधिकृत महिनै पिछै आउने जाने गरेका हुनाले वहाँ सिम्रौनगढ नगरपालिकामा पाचौ चोटि नि. प्रमुख प्रशासकिये अधिकृत भयेर आउनु भएको छ ।कार्यभार सम्हाल्दै वहाले बताउनु भयो कि मेरो लक्ष्य अनुसार प्रसिद्ध एतिहासिक ,पर्यटकिये ,एव धार्मिक स्थल सिम्रौनगढ्को सौन्दर्यकरण , भौतिक संरचना निर्माण, यतायात सडक ,शिक्षा, स्वास्थ्यमा सुधार एव पुरातात्त्विक ललित कला ,वास्तु कलाको संरक्षण गरि सिम्रौनगढमा बाह्य र आन्तरिक पर्यटक भित्रीयाई सिम्रौनगढ्को पहिचान दिलाउने हो ।यशका साथै यो नि. प्रमुख प्रशासकिये अधिकृतको रुपमा अर्थात नगरपालिकाको प्रमुख प्रशासकिये अधिकृतको रुपमा गर्नु पर्ने नियम सम्बत कानुन सम्बत र यहाका जुन आवश्यक कामहरु छन त्यो कामहरु प्रती म सदा नै वफादार भएर काम गर्ने छु र मेरो रुचि नै काममा सन्तुष्टि राख्ने हो ।
यश अवसरमा सिम्रौनगढ नगर प्रमुख किशोरी प्रसाद कलवार लगायेत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रमुख प्रशासकिय अधिकृत आउदा यहाका कर्मचारीहरुले फुलमाला अबीर लगाई स्वागत गरेका थिये ।

