रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
प्रसिद्ध एतिहासिक ,पर्यटकिय एव धार्मिक स्थल बाराको सिम्रौनगढ -४ स्थित हरिहरपुरको पलकिया माई एतिहासिक बाक्सा भन्ने तुलजा भवानी क्षेत्रमा आज देखि उत्खनन् कार्य सुरु भएको छ ।
नेपाल सरकार पुरातत्व बिभाग काठमाण्डौको आयोजनामा भैइ रहेको यो उत्खनन् कार्य २१ दिन सम्म चल्ने जनाईयेको छ ।
यो उत्खनन् कार्य यश ठाउमा दुई ठाउमा गर्ने योजना रहेको छ ।जस अनुसार पलकियामाई परिसर भित्रको मड आकृतीको उच्च भागमा जमिनको सतहमा थुप्रै पुराना ईटाका टुक्राहरु ,भाडाकुडाहरु प्रश्तर वास्तु अंशहरु सतहमा पाईयेको हुदा र जिओ फिजिक्स सर्वे ले पनि यश स्थानलाई महत्वपुर्ण साईटको ईन्डेकेट गरेको यसको जमिन मुनि कस्तो प्रकारको वास्तु समरचना हुन सक्छ त्यसको पहिचानको लागि यो उत्खनन् कार्य भयेको पुरातत्व अधिकृत हरि प्रसाद भुसालले जानकारी गराउनु भयो छ ।
पुरातत्व बिभाग काठमाण्डौ को पुरातत्व अधिकृत भास्कर ज्ञावाली को नेतृत्व मा ३ जना टोलीले उत्खनन् कार्यमा सहभागी रहनु भएको छ ।
जास अनुसार पुरातत्व विज्ञ देवेन्द्र नाथ तिवारी पुरातत्व अधिकृत हरिप्रसाद भुसाल र छविकार मा नर्मदा श्रेष्ठ रहेका छन ।
उत्खनन टोली हिजो ६ गते सिम्रौनगढ आई पुगेर आवश्यक तैयारी ( ले आउट ) गरि आज ७ गते देखि ६ ईन्टु ४ फिटको डेल्चमा उत्खनन् कार्य सुरु गरियेको बुझियेको छ ।
सो अवसरमा स्थानिय समाजसेवी श्यामकिशोर प्रसाद यादव , बिरगन्ज का पुरातत्वकर्मी भरत साह ,युवा बिद्यार्थी संघर्ष समिती सिम्रौनगढको अध्यक्ष उमेश कुशवाहा , लेखक डी. के. सिह , सलेम पुर मानव अधिकारकर्मी रन्जित कुशवाहा लगायेत स्थानिये भद्रभलादमीको उपस्थिति रहेको थियो ।

