रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
ईटलीका पर्यटकहरु द्वारा आज बाराको प्रसिद्ध एतिहासिक ,पर्यटकिये एव धार्मिक स्थल सिम्रौनगढ भ्रमण गरेको हो ।
वाहाहरु बिरगन्जको अन्पुर्णा होटेलमा बसाई गरि आज सिम्रौनगढ घुम्न आयेका थिये । घुम्ने क्रममा वाहाहरु कंकाली मन्दिर परिसर , डढेका चामल क्षेत्र र कचोर्वा बसवरिया स्थित देवताल झरोखर पोखरा क्षेत्र को भ्रमण गरेका थिये । ईटलीका शिक्षक ईलियो मारिनी को नेतृत्व भ्रमण गर्नेहरुमा माटेरिओ ओसाना र मारिआनो कारोनी रहेका छन । वाहाहरुले सिम्रौनगढ राम्रा र रमणिये स्थान रहेको बताउनु भयो ।

