ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरीले ३४ किलो गांजाकाे साथ दुई जना ब्यक्तिलाई पक्राउ ।


 तिरहुत साप्ताहिक 

बाराको ईलाका प्रहरी कार्यालय  सिम्रौनगढ्ले  सिम्रौनगढबाट भारी मात्रामा गांजाकाे साथ दुई जना ब्यक्तिलाई नियन्त्रणमा लियेको छ ।

नियन्त्रणमा पर्नेहरुमा स्थानीय  दीपेन्द्र कुशवाहा र सरोज प्रसाद यादव रहेका छ । सो गाजा सिम्रौनगढ नगरपालिका -४ टोल गङ्गानगर हिरा महतोको गाई गोठ बाट नियन्त्रणमा लिईयेको जनाईयेको छ । उक्त गांजा ३४ किलो रहेको छ ।

आज बिहान ९ बजे ईप्रका सिमरौनगढको प्रहरी निरीक्षक नवीन राईको कमान्डमा गयेको प्रहरी टोलीले गांजा पैकिङ्ग गरिरहेको अवस्था गाजाको साथ सो दुई जनालाई नियन्त्रणमा लियेको प्रहरी निरीक्षक नवीन राईले बताउनु भएको  छ ।

Post a Comment

Previous Post Next Post