रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
पुर्ब गृहमन्त्री एव राष्ट्रिय स्वतन्त्र पार्टी को अध्यक्ष रबी लामिछने लाई पक्राउ गरेको बिरोध गर्दै बाराको सिम्रौनगढमा आज जुलुस प्रदर्शन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी बारा क्षेत्र न. १ को क्षेत्रीये अध्यक्ष रजनिश कुशवाहाको नेतृत्वमा निस्केका सो बिरोध जुलुश सिम्रौनगढ बस पार्क बाट निस्केका जुलुस राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद , भ्रष्ट सरकार चाहिदैन , सहकारी पिडितलाई न्याय दे , राजनीतिक प्रतिशोध बन्द गर लगायेत का नारा लगाउदै पुरै सिम्रौनगढ बजार परिक्रमा गरि पुन: बस पार्कमा आई कोण सभा गरेका थिये ।
कोणसभामा राष्ट्रिय स्वतन्त्र पार्टी को बारा सभापती चन्दन श्राप ,बारा क्षेत्र न ३ का भोला साह कानु , ईन्जिनियर सुरेन्द्र शर्मा , बारा क्षेत्र न १ को सभापति रजनिश कुशवाहा , कन्चन पासवान , साहेब अन्सारी ,श्री चन्द चौधरी लागायेतले सहाकारी पिडितलाई न्यायको माग गर्दै राजनितिक प्रतिशोध बिरुद्धको एक्यवद्धताको लागि अह्वान गर्नु भयो ।
