सशस्त्र प्रहरी बि ओ पि गाेलागंज द्वारा भारीमात्रामा बिस्फोटक पदार्थ पक्राउ ।


रामेश्वर मेहता / तिरहुत साप्ताहिक  । 
भारत बाट नेपाल भित्रीयाईरहेका ठूलो मात्रामा  बिस्फोटक पदार्थहरु  ( पटाखा ) सशस्त्र प्रहरी बि ओ पी गोलागन्जले नियन्त्रणमा  लिएको छ ।
आज बिहान    सात   बजे स. प्र .नी. केशव शर्माको कमाण्डमा गयेको गस्ती टोलीले कचोर्वा अरुवा पुल नजिक बाट भारत बाट नेपाल भित्रीयाई   रहेका  तीन लाख  भन्दा बढी मुल्यको तीन बोरा पटाखा  नियन्त्रणमा लियेका थिये । गस्ती टोलीलाई देखेर क्यरियरहरुले  बोराहरु फालेर भागेका थिये ।
नियन्त्रणमा लियेका सबै बिस्फोटक पदार्थहरु सिम्रौनगढ -६ को वार्ड अध्यक्ष नन्दकिशोर जयसवाल ,उघोग वाणिज्य सघ सिम्रौनगढको सदस्य राकिकिशोर सिह , अरुण पाण्डेय , ईप्रका सिम्रौनगढका प्रतिनिधि सुजित राउत लगायेत स्थानिय सन्चारकर्मी, भद्र भलादमीको उपस्थितिमा खाल्डो खनी पानी खन्यायेर नष्ट गरियो ।

Post a Comment

Previous Post Next Post