रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
सिम्रौनगढ नगरपालिका बिषयक सम्सामयिक बिषय सम्बन्धि बिचार गोष्टि आज सिम्रौनगढ -७ स्थित कंकाली मा. वि. को सभा कक्षमा सम्पन्न भएको छ ।
पुर्ब अमृतगन्ज गाबिस अध्यक्ष गगनदेवप्रसाद कुशवाहाको अध्यक्षतामा भएको यश कार्यक्रममा सिम्रौनगढ नगरपालिकाको हालको स्थिति बारे व्यापक छलफल गरियो ।
यश सम्बन्धमा सिम्रौनगढ नगरपालिकामा नगर परिषद भये यता खाली मात्र आफसमा रुपैयाको बाड फाड गरेको , बिकास तिर ध्यान न दियेको , हटायेको कर्मचारीलाई तलब न दियेको , न. पा. को आन्तरिक बजट भ्रष्टाचार गरेको , बिकासको नाममा मात्र देश बिदेशमा भ्रमण गरेको ,आफ्नो भोट बैकको लागि मात्र बजेट खर्च गरेको , शिक्षा ,स्वास्थ्यको स्थिति झन खराब हुँदै गयेको र यश नगरपालिका मा मात्र भ्रष्टाचार भएको बारेमा छलफल गर्दै उपस्थित सहभागागीहरुको ध्यान आकर्शन गरायियेको थियो ।यसका साथै उपयुक्त सबै बिषयमा छलफल गरि सिम्रौनगढ नगरपालिकाको सुधारको लागि सकृयता, जिम्मेवारी र अनुगमन कुरालाई मद्य नजर राखी बृहद रुपमा गाउले भेला जरुरी रहेको निष्कर्शमा पुगियो ।
बरिष्ट शिक्षक हरेन्द्र यादवले सहजी करन गर्नु भएको यो कार्यक्रममा बुद्धिजीवी मोहन अग्रहरी , सन्चारकर्मी रामेश्वर मेहता ,बिजय ठाकुर सजावल प्रसाद ,जगदिश महतो ,शिक्षक गगनदेव साह , किसुन राय महराजी ,बिनोद राम लगायेतले आफ्नो बिचार राख्नु भएको थियो ।
