ब्रह्मा कुमारी राजयोग उप सेवा केन्द्रको उदघाटन एव गृह प्रेवश कार्यक्रम सम्पन्न


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।


बाराको सिम्रौनगढ -२ टोल खजानीमा ब्रह्मकुमारी राजयोगको नवनिर्मित भवनको उदघाटन एव गृह प्रवेश कार्यक्रम एक समारोह बिच  सम्पन्न  भएको  छ ।

ब्रह्माकुमारी राजयोग को यो नव निर्मित भवनको उदघाटन  प्रमुख अतिथी ब्रह्माकुमारी राजयोगको बीरगंजकाे क्षेत्रीय  संचालिका बी के रविना दिदी ले गर्नु भयो ।

त्यस्तै आयोजित उदघाटण समारोहमा निम्न वाक्ताहरुले शुभकामना बिचार राखेका थिये । वक्ताको क्रममा प्रशिक्षक गुणराज लामीछाने ,मीना दिदी , पुर्णिमा बहन , मीरा दिदी , गोपाल सेवा समिती बाराको अध्यक्ष  जंगबहादुर यादव ,स्थानिये खजानी प्रहरी चौकी ईन्चार्य मनोज कुमार र छोलेलाल प्रसाद लगायेतका रहेका थिये ।

आफ्नो मनमा भएका दु:शीत भावना , नकारात्मक सोच ,ईर्ष्या ,द्वेश , छल ,कपल आदि भावनालाई निर्मुल पार्नको लागि  यहाका यो ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र महाविधालय  भएको वक्ताहरुले आफ्नो शुभकामना बिचार मार्फत  बताउनु भयो ।

यश अवसरमा सनातन धर्म रक्षा मंच सिम्रौनगढ का अध्यक्ष  ओमप्रकाश ठाकुर ,सम्बिधान सभा सदस्य बलबीर चौधरी,बारा जेस्ट नागरिक अध्यक्ष  भरत बहादुर मल्ल ,गोपाल सेवा समिती कलैया बारा को उपाध्यक्ष रामधारी यादव , उधोग पति निरन्जन चौधरी , शिक्षक सघ बाराका पुर्ब अध्यक्ष  देवेन्द्र गीरी , भरत अग्रवाल , ओम शान्ती का कृष्ण कुमार कर्ण , समाजसेवी रामनरेश कान्त कुशवाहा, डा. अरबिन्द कुशवाहा ,सोनालाल प्रसाद लगायेत स्थानीय भन्द्रभालादमी लगायेत स्थानिये महिला पुरुषहरुको ठूलो उपस्थिति  रहेको थियो ।

कार्यक्रम मा निर्मला दिदीले  स्वागत  गर्नु भयेकी र सहजिकरण शुषमा दीदिले गरेकी थिईन ।

यो ब्रह्माकुमारी राजयोग उप सेवा केन्द्र खजानी भवनको कुल लागत २ करोड ५० लाख  रहेको छ । यो भवन प्रदेश सरकार,  स्थानिये सरकार र स्थानिये जनताहरुको सहयोगमा बनेको जनाईयेको छ ।


Post a Comment

Previous Post Next Post