येतिहासिक स्थल सिम्रौनगढको संरक्षण हुनु जरुरी छ / डा. महाबीर पुन ।


रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।

 नेपाल का राष्ट्रिय अनसन्धानको बैज्ञानिक डा. महाबीर पुन आज बाराको सिम्रौनगढ आई पुनु भएको  छ ।वाहालाई नागरिक समाज बाट भब्य स्वागत गरियो ।

 वाहा पुर्ब पश्चिम  अभियान अन्तरगत आज सिम्रौनगढ आई पुगेका हुन । वाहाको यात्राको मुख्य उद्धेश्य आफुले लेखे को आफ्नो आत्म कथाको पुस्तक बेच्नु हो र सो बाट प्राप्त रकम बाट  पर्साको बीरगन्ज स्थित कृषि औजार कारखाना सन्चालन गर्न  सहयोग दिने हो ।

यसै क्रममा वाहाले बताउनु भयो कि सिम्रौनगढ एतिहासिक ,पर्यटकिये एव धार्मिक स्थलको ठूलो सम्भावना बोकेको ठाउ हो र यो ठाउ  मलाई मन परेको छ ।यो ठाउको संरक्षण  हुनु जरुरी रहेको छ ।

यात्रा र पुस्तकको सम्बन्धमा वाहाले अगाडि बताउनु भयो कि यो पुस्तक मेरो आत्मकथा हो यसमा मेरो जिवनमा बितेको सबै कुरा समेटेको छु तथा कृषि औजार कारखाना संचालनको सम्बन्धमा सरकार सग भएको  सम्झौता पनि राखेको छु । हाल सम्म ९ करोड रुपैया सम्मको पुस्तक बिक्री भई सकेको र २० करोडको  पुस्त्स्क बेच्न लक्ष्य  राखेको छु ।

 यश अवसरमा  नागरिक समाज सिम्रौनगढको अध्यक्ष  अरबिन्द कुशवाहा ,सुजित कुमार कुशवाहा ,वीर बहादुर कुधवाहा ,समाजसेवी बतहु यादव , महेन्द्र कुशवाहा  मनोज जयसवाल , मोहन अग्रहरी लगायेत स्थानिये भद्रभलादमीको उपस्थिति  रहेको थिये ।

Post a Comment

Previous Post Next Post