ईतिहास विद र पुरातत्वविदहरु द्वारा सिम्रौनगढ पलकिया माई क्षेत्रको अवलोकण भ्रमण

 रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।

प्रसिद्ध एतिहासिक , पर्यट्किये एव धार्मिक स्थल  बाराको सिम्रौनगढ -४ हरिहरपुर स्थित पलकिया माई  भन्ने तलेजु भवानी को ईतिहास बिद , पुरातत्व विदहरुबाट अवलोकण भ्रमण  गरियेको छ ।

वाहाहरुले पलकिया माई स्थान को गहन रुपले अवलोकण गरि त्याहा निर्माण हुन गयिरहेको पार्क र नया भवनलाई बिना उत्खनन् गरि निर्माण कार्य हुन गयिरहेको कार्यलाई बिरोध गरेको छ ।

यश सम्बन्धमा पुरातत्व बिभागले मिती २०८१/४/३० गतेको दियेको पत्रले यो स्थल अति   नै सम्बेदनशिल क्षेत्र  भएको र प्राचीन स्मारक संरक्षण  एन २०१३ निमावली २०४६ को मर्म र भावना बिपरित बुझिन गयेको ले उक्त कार्य हाललाई रोक्का गरि यो योजनाको डग डिजाईन तथा ईस्टीमेट बिभाग बाट स्वीकृत गरायेर कार्य गर्न गराउन हुन मिति २०८१ /४ ३० को निर्णय अनुसार अनुरोध गरियेको भन्दै सो अनुसार यश क्षेत्र को पुर्णरुपले अध्यण गरि उत्खनन् पश्च्यात भौतिक संरचना निर्माण गर्न सल्लाह दिदु भएको  छ ।

पुरातत्वविद भरत साह को नेतृत्वमा आउनु भएका पाच जनाको टोलीलीले यश क्षेत्रको अवलोकण भ्रमण गर्नु भएको  छ ।

भ्रमण टोलीमा पुरातत्व विद भरत साह , ईतिहास विद  डि. के. सिंह , मानव अधिकार कर्मी रण्जित कुशवाहा , चन्दन श्राप र ममता शर्मा रहेका थिये ।

 

Post a Comment

Previous Post Next Post