घोडासहनमा एक हजार लिटर नकली पेट्रोल पक्राउ / कारोवारी फरार


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

बाराको सिम्रौनगढ नजिक सिमावर्तित भारतको घोडासहन क्षेत्रको बारवाकला गाउमा एक हजार लिटर नलली पेट्रोल प्रहरीले नियन्त्रणमा  लियेको छ । 

गाउँ गाउमा नकली पेट्रोलको बिगबिगी बढदा प्रहरीले गुप्त सुचनाको अधारमा घोडासहन नजिक बारवाकला गाउको एउटा  बगैँचा बाट  दस ड्राम नकली पेट्रोल  बरामद  गरेको छ 


यो नकली पेट्रोल घोडासहन भई गाउको बजार र सिमावर्तित गाउहरुमा यसको सप्लाई हुने गरेको जनाईयेको छ ।

यो नकली पेट्रोल बनाउने गिरोहलाई  अझ सम्म  प्रहरी समात्न  सकेको छैन । तैपनी यसलाई समात्न प्रहरीले व्यापक रुपले खोज तलास गरिरहेको  प्रहरी ले जनायेको छ ।

Post a Comment

Previous Post Next Post