रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको बारागढी गाउँ पालीका बाट नेपाली कवरियाहरुलाई बोकी बैधनाथ धाम ( देवघर ) गयिरहेको बस भारतको समस्तीपुर नजिक दुर्घटना हुदा ४२ जना घाईते भएको छ ।
घाईतेहुनेहरु बाराको बारागढी गाउँ पालि का वार्ड न ३ टोल मुरकी पलिया का किशोरी राम , रामरती देबी ,काजल कुमारी, सुमन मिश्रा ,राजेन्द्र कुमार ,लक्ष्मी झा, सुखिया देबी, सुजित कुमार ,सिमा कुमारी , बिशनाथ मुखिया, सोभा कुमारी, राजेश्वरी देबी ,अमन प्रजापती र नागेन्द्र साह सहितको ४२ जना रहेका छन । जसमा आठ जना गम्भीर घाईते रहेका छन । ना ७ ख ६४४६ नम्बरको देव दर्शन नम्बरको बस भारतको समस्तीपुर मुसरी घरारी ( एन एच २८ ) गाउँ नजिक भारतिये ट्रकले पछाडीबाट ट्क्कर मारे पछी बस पल्टेका थिये ।
बस दुर्घटना को सुचना पाउना साथ भारतिये प्रहरी आई उनिहरुलाई उद्धार गरि घाईतेहरुलाई सदर अस्पताल सम्म पुर्यायेका थिये । उक्त अस्पतालमा चाहियेको जति उपचार भैइरहेको छैन पिडितहरुले बतायेका छन ।
यता नेपाली बस दुर्घटना भयेको सुचना पाउन साथ बारा गाउँ पालिकाको अध्यक्ष अशोक जयसवाला समस्तीपुर पुगी पिडितहरुलाई भेटेका छन ।
