रामेश्वर मेहता । तिरहुत साप्ताहिक
सिम्रौनगढ विकास एव सुशासन बिषय सम्बन्धि एक दिवसिये अन्तरकृया कार्यक्रम आज बाराको सिम्रौनग -६ नगरपालिकाको सभा कक्षमा सम्पन भएको छ ।
जनमत पार्टी सिम्रौनगढको आयोजनामा भएको यश कार्यक्रममा सिम्रौनगढ नगर परिषदको सम्बन्ध मा, शिक्षा, स्वास्थ्य ,कृषि,खाने पानी ,पर्यटन , आदि बिषय को लागि यही भदौ १५ गते सनिवार मेयर, उप मेयर र वार्ड अध्यक्षहरु साथ सार्बजनिक सुनवाई गर्ने । साथै सार्बजनिक सुनवाई कामको लागी सिम्रौनगढ नागरिक समाज र नेपाल उघोग वाणिज्य सघ सिम्रौनगढ को आयोजनामा गर्ने छलफल भयो ।
जनमत पार्टी किसान सघको बारा जिल्ला अध्यक्ष गगदेव कुशवाहाको अध्यक्षतामा भएको यश कार्यक्रममा नागरिक समाजको सिम्रौनगढ सन्योजक अरबिन्द कुशवाहा , बीरबहादुर कुशवाहा ,मोहन अग्रहरी , उघोग वाणिज्य सघ सिम्रौनगढ अध्यक्ष लालबाबु कुशवाहा ,समाजवादी एसका रमेश पन्जाली नवलकिशोर पटेल ,जनमत पार्टी बिद्यार्थी सघ बारा सन्योजक सन्जय साह , सन्तोष पटेल , आर के राईटर , नितु कर्ण , हरेन्द्र यादव लगायेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नागरिक समाजका अरबिन्द कुशवाहा , वीर बहादुर , हरेन्द्र यादब ,रानेश्वर मेहता, सुजित कुशवाहा सन्जय साह , गगनदेव कुशवाहा ,सन्तोष पटेल नवल किशोर पतेल लगायेतले आफ्नो बिचार राखेका थिये ।
