यो अस्पताल यहाका जनताहरुको मांग अनुसारको विकास हो / नगर प्रमुख जलान्धर सिंह ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।

 बाराको पचरौतामा -७ टोल बेनौलीमा एउटा  समारोह बिच दन्त अस्पताल एव फिजिओ थेरापी सेवाको उदघाटन भएको  छ ।

अस्पतालको उदघाटन गर्दै पचरौता नगरपालिका को नगर प्रमुख जलान्धर सिंहले बताउनु भयो कि यो अस्पताल जनताको माग अनुसार स्थापना गरियेको हो । जुन कि यहाका जनताहरु सधै आयेर यो अस्पताल को लागि भन्ने गर्थे । यो अस्पताल  पचरौता लगायेत आसपासका ग्रामीण क्षेत्रका जनताहरुको लागि सेवा प्रदान गरिने छ ।यो अस्पतालबाट    डेन्टल होस्पिटल तथा फिजिओ थेरापी सेवा दिईने ,वताउनु भयो । वाहाले अगाडि बताउनु भयो कि यो अस्पतालरबाट जेठ नागरिकहरुलाइ नि:शुल्क  सेवा दिईने ।साथै वाहाले कृषि को लागि यमुनीको बाध निर्माण , सामुहिक विवाहको आयोजना ,स्वच्छ खाने पानी , गुणस्तर शिक्षा तथा लैङ्गिक विवेदिकरणा को अन्त जस्ता काम गर्ने प्रतिवधता ब्यत गर्नु भयो ।

प्रमुख प्रसाशकिये अधिकृत गौरी शकर साहको अध्यक्षता मा भयेको यो उदघाटन समारोहमा  विशिष्ट अतिथी  उप प्रमुख 

नसिमा खातुन , बाराको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे , प्रहरी उपरिक्षक  महेन्द्र खडका ,एमाले नेता  एव संविधान सभा सदस्य बलबिर चौधरी ,वार्ड न -६ को वार्ड अध्यक्ष मकबुल्क मिया ,वार्ड न ८ को प्रेम कुमार   वार्ड न ९ को गगनदेव प्रसाद यादव ,सुरेश यादव लगायेतले आफ्नो बिचार राखेका थिये ।

वार्ड न -५ को वार्ड अध्यक्ष  लक्ष्मी यादव ले संचालन गर्नु भएको  यो उदघाटन समारोहमा  एमाले का भुलन चौधरी ,बनारसी बिन , शिक्षा सहायक मुकेश कुमार सिह , पिपरपाती मा बि का प्र अ रामानन्द प्रसाद साह , कुडवा मा. बि का प्र अ सविन्द्र सहनी ,रोषण साह लगायेत स्थानीय भद्रभलादमीको उपस्थिति  रहेको थियो ।

Post a Comment

Previous Post Next Post