तिरहुत साप्ताहिक ।
शुक्रवार राती माछा खादा एकै परिवारका तीन जना बालबालिका बिमार भये पछी हिजो बिहान देखि राती सम्म तीन वटै बाल बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा सिम्रौनगढ -७ टोल झवानी निवासी नरेश रामको ९ वर्षिया छोरी लालिमा कुमारी राम को हिजो मृत्यु भयो र ५ वर्षिये छोरा कृष्णनन्दन राम र ४ वर्षिया छोरी पुष्पा कुमारीको गये राती १२:३० बजे उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक नवीन राईले जानकारी गराउनु भयो ।
गये राती उनीहरु माछा खायेको पिडितको आमाले जानकारी दियेको छ । माछा खादा बिरामी भये पछी स्थानिये क्लिनिकमा लगियो त्यहा उपचार सम्भव न हुदा बिरगन्ज नेशनलमा लगियो र उपचारको क्रममा तिनै जना बाल बालिकाको मृत्यु भएको छ । मृत्यु कसरी भयो यसको अन्सन्धान भैइ रहेको र डाक्टरको रिपोर्ट पछि यकिन हुने प्रहरी निरीक्षक राईले बताउनु भयो ।
मृतकको बुवा नरेश रामको तीन वटा पत्नी । पहिलो पत्नीको मृत्यु पछी अर्को बिहे गर्नु भयो र सो बाट एउटी छोरी पाये पछी उ शीत तलाक भयो ।अनि पुन: तेश्रो बिहे गर्दा कान्छी पत्नीबाट दुई छोरी र दुई छोरा गरि चार सन्तान भयो । अब कान्छी पत्नीले पायेको चार वटा सन्तान मध्ये दुई छोरी एक छोरा को मृत्यु भएको छ । अब उ शीत एउटा काखे बालक र दोश्रो पत्नीबाट पायेको ११ वर्षिये छोरी रहेको स्थानियेवासिहरुले बतायेका छन ।
