रामेश्वर मेहता / तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढ -६ स्थित नेशनल लघुबित बितिये संस्था लि. शखा कार्यालय सिम्रौनगढको दशौ वार्षिक उपलक्ष्यमा सिम्रौनगढको धार्मिक एव सार्बजनिक स्थानहरुमा सरसफाइ भएको छ ।
नेशनल लघु बित बितिये संस्था लि. शखा सिम्रौनगढ का ब्यवस्थापक उमेश् लाल बैठा को नेतृत्वमा रहेका संस्था का विभिन्न समुहका सदस्यहरु, सेवा ग्राही र कर्मचारी ले कंकाली मन्दिर परिसर , कन्काली चौक, बस पार्क र नगरपालिका पथमा सरसफाई गरेका थिये यस अवसरमा संस्था का कर्मचारी जितेन्द्र साह कानु ,जयराम महरा , कृष्णा चौधरी , करुणा चौधरी र ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी हरुको साहभागिता रहेको थियो ।
यश कार्यक्रम को अन्तमा सहभागी महिला पुरुषमा पशु पंक्षी बचाउ का स्वेम सेवक फुलपती देबी मुखियाले आउदो गढी माईको मेलामा पशु पक्षी को बली न दिन आग्रह गर्नु भयो ।
