रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ -६ टोल अमरपुर निवासी किसान बिज भन्डारको मालिक राज किशोर सिह माथी ज्यानमार्ने नियतले भएको हमला माथी बारा उधोग वाणिज्य सघ शखा सिम्रौनगढ ले यो कार्यको भत्सना गर्दै दोषीलाई पता लगाई करवाहीको माग गरेका छन ।
जस अनुसार बितेको १७ गते सोमवारको दिन किसान बीज भन्डार सिम्रौनगढका मालिक राजकिशोर सिह कलैया बाट घर आउने क्रममा गण्डक नहरको तेलकुवा चौक देखि पुर्ब हर्दिया पसरामपुर बाटो नजिक पहचान न खुलेका अज्ञात ब्यक्तिहरुले ज्यान मार्ने नियतले उनको मोटरसाइकल रोकी कुटपिट गरि उ सग रहेको १० हजार २५० रुपैया लुटी भागेका थिये ।
यश घटनाको घोर भत्सना गर्दै बारा उधोग वाणिज्य सघ सिम्रौनगढ्ले प्रेस बिज्ञपति प्रकाशित गरि दोषीलाई कारवाहीको माग गरेका छन ।
प्रेस बिज्ञप्तीको माग अनुसार घटीत घटनाको छानबिन गरि घटना गर्ने र गराउने ब्यक्तीलाई अबिलम्ब पक्राउ गरि सार्बजनिक गरियो र कडा भन्दा कडा करवाहीको दायरामा ल्याईयोस भन्ने माग गरियेको प्रेस बिज्ञप्ती बारा उधोग वाणिज्य सघ शखा सिम्रौनगढ्का अध्यक्ष लालबाबु कुशवाहाले बारा जिल्ला प्रहरी प्रमुख महेन्द्र खडकालाई बुझाईयो ।
